Sat, 27 April, 2024

Notice for FEDWASUN WASH Journalism Award 2080


फेडवासन राष्ट्रिय वास पत्रकारिता पुरस्कार सम्बन्धि सूचना

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल -फेडवासन) ले प्रदान गर्दै आएको "फेडवासन राष्ट्रिय वास पत्रकारिता" पुरस्कार यस वर्ष पनि यस महासंघको २१ औं स्थापना दिवस २०८० भाद्र १० गते -२७ अगस्ट २०२३) का अवसरमा प्रदान गरिने व्यहोरा सहर्ष जानकारी गराइन्छ । सो पुरस्कार खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा गतबर्ष भरि प्रकाशित, प्रसारित सामाग्री मध्येबाट छापा, टेलिभिजन, रेडियो अनलाइन प्रत्येक विधामा उत्कृष्ट १-१ जना गरी जम्मा ४ जनालाई नगद तथा प्रमाण पत्र सहित प्रदान गरिने भएकाले २०७९ साल श्रावण १ देखि २०८० आषाढ मसान्तसम्म प्रकाशित तथा प्रसारित लेख, रचना तथा श्रव्य दृश्य सामाग्रीहरुको प्रतिलिपि तथा प्रकाशन र प्रशारण भएको प्रमाण पत्रको प्रतिलिपि सहित यही मिति २०८० भाद्र ०७ गते भित्र महासंघको केन्दि्रय कार्यालय वा इमेलमा आईपुग्ने गरि उपलब्ध गराई दिनुहुन संचारकर्मीहरुलाई अनुरोध गरिन्छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल
केन्द्रिय कार्यालय
जेसिस मार्ग, थापाथली, काठमाण्डौ
फोन नं: ०१-५३४९७२०
इमेलः info@fedwasun.org
वेवसाइटः www.fedwasun.org